काठमाडौँ– शुक्रबारबाट शुरु हुन लागेको पब्जी मोबाइल च्याम्पियनसिपको ग्राण्ड फिनाले प्रवेश गरेका दुई नेपाली टोलीको हौसला बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह इन्डोनेसियाको जकार्ता पुगेका छन् ।


ADVERTISEMENT


उनी नेपाली टोलीहरु डीआरएस गेमिङ र टीटुके समूहलाई समर्थन गर्न र हौसला बढाउन आफ्नो श्रीमतीसहित जकार्ता पुगेका हुन् ।


ADVERTISEMENT

# # #


जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजना हुने तीन दिने यो ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सो टिममा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।