काठमाडौं-विरामीबाट चर्को शुल्क असुल्ने अस्पतालविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।


ADVERTISEMENT


अस्पतालहरुले विभिन्न सेवाका नाममा चर्को शुल्क असुल्दै आएको फेला परेपछि सरकारले ती अस्पतालविरुद्ध मुद्दा चलाउने भएको छ ।


ADVERTISEMENT

# # #


अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मूल्य असुलेको पुष्टि भएपछि आपूर्ति व्यवस्थापन तगा उपभोक्ता हित संरक्षण विभागले मुद्दाको तयारी गरेको हो ।

विभागले केही दिनअघि ग्वार्कोमा रहेको बीएण्डबी, धापासीको ग्रान्डी, बाँसबारीमा रहेको न्युरो, बल्खुस्थित बयोधा र थापाथलीस्थित नर्भिक अस्पतालमा अनुगमन गरेको थियो । बिभागले हाल तिनै अस्पतालहरुविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।