काठमाडौं-बिगत केही दिनदेखि एक्कासी वढेको अत्याधिक चिसोका कारण कपिलवस्तुको जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक शीत लहरसँगै चिसो बढेपछि जिल्ला अस्पताल तौलिहवामा समेत बिरामीको चाप बढ्न थालको छ ।


ADVERTISEMENT


जिल्ला अस्पताल तौलिहवामा चिसोका कारण नबजात शिशु र बालबालिकामा कोल्ड डाईरिया तथा निमोनिया जस्ता समस्या भएका बिरामी तथा बृद्धबृद्धाहरुमा रुघा खोकी ज्वरो, दम, स्वास प्रशवास सम्बन्धि रोगका बिरामी बढी आउने गरेको जिल्ला अस्पताल कपिलवस्तुले जनाएको छ ।


ADVERTISEMENT

# # #


शीतलहरका कारण बढिजसो गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका बिरामी र असक्तहरु बढि प्रभाबित भएका छन् । चिसो बढेपछि जिल्लाको विद्यालयहरुमा विद्यार्थी संख्यामा कमि आएकोे छ भने, बजार पसलमा मानिसहरुको चहल पहलमा पनि अन्य समयको तुलनामा कमी देखीएको छ ।

शितलहरसंगै बढेको चिसोले हुनेखाने भन्दा निम्न बर्गिय मानिसहरुलाई सास्ती भएको छ । रिक्साबाला, ठेलाबाला, बालबालिका, बुढाबुढी चिसोकारण सबैभन्दा बढि मारमा परेका छन् । अहिले चिसोबाट बच्नको लागि चोकचोकमा स्थानीयहरु मुढा दाउरा परालका कागज, प्लास्टिक, कार्टुनलगायत बालेर आगो तापिरहेका छन् ।