काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी १ बाट निर्वाचित हुने सांसदलाई कोशीको पानी ल्याउन सहयोग नगरेमा धरान नआउन चेतावनी दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ । अन्यथा वहाँ धरान नआए पनि हुन्छ ।’


ADVERTISEMENT

# # #


मेयरमा निर्वाचित भएपछि उनले धरान नगरवासीलाई कोशीको पानी ल्याएर खुवाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पछिल्लो समय धरान आसपासका खोलाबाट उनले पानी ल्याएर खुवाउनसमेत थालिसकेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा साम्पाङले धरान उपमहानगरपालिकामा खानेपानीलाई मुख्य मुद्दा बनाएका थिए ।