बर्दिया – बर्दिया-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्‍मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन् ।


ADVERTISEMENT


उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्‍मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


गौतमले ३० हजार ६११ मत पाउँदा उनका प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत मात्र ल्‍याए । यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३ हजार ९९३ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४मत ल्‍याए ।

यस्तै जनमत पार्टीका उम्‍मेदवारसोहराव पठानले २ हजार ३५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकासूर्यबहादुर सिंहले २ हजार २६६ मत र जनता समाजवादी पार्टीका रेशम बहादुर खत्रीले १ हजार मत मात्र पाए ।