भरतपुर – नेपाल प्रहरी शिक्षालय भरतपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सुरक्षार्थ विभिन्न जिल्लामा खटीई सफलतापूर्वक सम्पन्न गरी फर्किएका   प्रहरी कर्मचारी तथा प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई ‘पृष्ठपोषण संकलन तथा डि-ब्रिफिङ’ दिइएको छ ।


ADVERTISEMENT


बिहीबार शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा ‘पृष्ठपोषण संकलन तथा डि-ब्रिफिङ’ कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा डि-ब्रिफिङ गर्दै प्रमुख अतिथि भण्डारीले ऐन कानुनले दिएको अधिकारहरूको प्रयोग गर्दै राष्ट्रले सुम्पिएको जिम्मेवारी निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई बधाई ज्ञापन गरे ।

साथै विभिन्न जिल्लामा खटिएका प्रहरी कर्मचारीहरूलाई त्यहाँको सुरक्षा, विविध पक्षहरूसँगको समन्वय तथा व्यवस्थापन पक्षहरू समेटी तयार पारिएको प्रश्नावलीहरूबाट प्राप्त पृष्ठपोषण गरिएको हो ।

निर्वाचनमा खटिनुपूर्व प्रशिक्षणमा रहेका प्रहरी अधिकृत तथा जवानहरूलाई  शिक्षालयमा नियमित रूपमा संचालन गरिएको ‘निर्वाचन सुरक्षा विशेष अनुशिक्षण कार्यक्रम तथा अभ्यास’ अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया विभिन्न जिल्ला प्रमुखहरूबाट पाएको बताए ।