काठमाडौँ – नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी मकवानपुर क्षेत्र नं. २को प्रदेशसभातर्फ (ख)मा विजयी भएका हुन् ।


ADVERTISEMENT


लगातार दोस्रो पटक प्रदेशसभामा निर्वाचित बानियाँले १८ हजार ७१७ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहदुर थापाले १६ हजार ९३५ मत मत प्राप्त गरे । उनी यसअघि वि.सं. २०७४ मा भएको निर्वाचनमा प्रदेशसभातर्फ पनि यही क्षेत्रबाट विजयी भएका थिए ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेस बागमतीको संसदीय दलको नेता समेत रहेका बानियाँ सत्ता गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार हुन् । यसअघि पनि सत्ता गठबन्धनबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएपनि अन्त्यमा कार्यान्वयन हुन सकेको थिए ।