काठमाडौँ – प्रतिनिधिसभामा काठमाडौँ–५ बाट निर्वाचित प्रदस्प पौडेलले चुनावमा गरेका वाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।


ADVERTISEMENT


आफु निर्वाचित भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले जनताका समस्या समाधान र देशलाई अघि बढाउन यसअघि गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले ढल, खानेपानी, प्रदुषण लगाएतका विभिन्न समस्याहरुलाई केन्द्रीय सरकारको योजनामा राखेर समाधान गर्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


विकासका मुद्धाहरुलाई प्राथमिकताका साथ अघि बढाउने र राष्ट्रको जिम्मेवारीलाई पनि पुरा गर्ने उनले बताए । उनले देशका महत्वपूर्ण मुद्धाहरुमा आफ्नो उपस्थीति देखाउने बताए ।