काठमाडौँ – बारा–४ मा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले नेकपा एमालेका एक‍वाल मियाँलाई ६ हजार ४३४ मतान्तरले हराएका हुन् ।


ADVERTISEMENT


श्रेष्ठले २० हजार २९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मियाँले १३ हजार ८६३ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ३ हजार ८३२ मत ल्याएर तेस्रो भए ।


ADVERTISEMENT

# # #


वि.सं २०७४ भएको प्रतिनिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै संसदीय राजनीतिमा पाइला चालेका थिए । गत वर्ष एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ दिँदै उनी नेकपा एकीकृत समाजवादीमा लागेको थिए ।