काठमाडौँ – रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुुसार आचार्य ९ हजार ६२१ मतान्तरसहित विजयी भएका हुन् ।


ADVERTISEMENT


विजयी आचार्यले १८ हजार २३५ कमत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङतेन्जिङ तामाङले ८ हजार ६१४ प्राप्त गरे । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१० मत मात्रै ल्याए ।


ADVERTISEMENT

# # #


आचार्य यसअघि वि.सं.२०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवाबाटै निर्वाचित भएका थिए ।