कास्की – कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन् ।


ADVERTISEMENT


जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई ४ हजार ८५१ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् । उनलाई रास्वपाका कँडेलले ४ हजार ७०७ मतसहित पछ्याएका छन् । नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले ३ हजार २०७ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की ५हजार ९ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले चार हजार छ सय १२ मतसहित पछ्याइरहेका छन् ।