दार्चुला – दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ ।


ADVERTISEMENT


प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले ४ हजार ५१६ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेबाट उम्मेदवार गणेशसिंह ठगुन्नाले पछ्याइ रहेका छन्। ठगुन्नाले ४ हजार ७४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामीले ५हजार १६९ मत सहित अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले चार हजार तीन सय ९३ मतले पछ्याइ रहेका छन् ।