काठमाडौँ – झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार ५७३ मतले पछि पारेका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार ७१६ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा ८७ हजार ३९६ मत खसेको छ ।


ADVERTISEMENT

# # #