काठमाडौँ – तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै राखेका छन् ।


ADVERTISEMENT


कूल १० हजार छ सय ४१ मतगणना सकिँदा भण्डारीले चार हजार आठ सय ८८ मत प्राप्त गरेका छन् । पूर्ववनमन्त्री रहेका भण्डारीलाई नेकपा (माओवादी केन्द्र)को समर्थन छ । प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले तीन हजार छ सय ९३ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले सात सय ८२, हाम्रो मौलिक पार्टीका विष्णु पराजुलीले एक सय ७६ मत प्राप्त गरेका छन् । तनहुँ–२ प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले अग्रता लिइरहेका छन् । न्यौपानेले एक हजार तीन सय १३ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका श्यामराजा महतले नौ सय ९८ मत प्राप्त गरेका छन् ।