काठमाडौँ – मुस्ताङमा नेपाली काँग्रेसले ‘क्लीन स्वीप’ गरेको छ । काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा जित हात पारेको हो ।


ADVERTISEMENT


सोमबार दिउँसो प्रतिनिधिसभा सदस्यतर्फ काँग्रेसका योगेश गौचन थकालीले जित हात पारेका थिए । २९ वर्षीय थकालीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पराजित गरे । पहिलो प्रयासमै संघीय संसदको यात्रा तय गरेका गौचनले ३ हजार ९९२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी तुलाचन ३ हजार ७८ मत ल्याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


प्रदेशसभातर्फका दुबै निर्वाचन क्षेत्रमा समेत काँग्रेसले जित हात पारेको छ । जस अनुसार मुस्ताङ प्रदेशसभा ‘क’ नम्डु गुरुङले एमालेका इन्द्र धारा डादु विष्टलाई २५५ मतान्तरले हराए । त्यसक्रममा गुरुङले १०४८ मत प्राप्त गरे भने विष्टले ७९३ मत ल्याए ।

यस्तै प्रदेसभा ‘ख’तर्फ काँग्रेसका बिकल शेरचन विजयी भएका छन् । उनले एमालेका चन्द्र मोहन गौचनलाई १५८ मतान्तरले हराएका हुन् । त्यसक्रममा शेरचनले २ हजार ५२३ मत ल्याए भने गौचनले २ हजार ५६५ मत प्राप्त गरे ।