काठमाडौँ – आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।


ADVERTISEMENT


आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिए । साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए ।


ADVERTISEMENT

# # #


बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन बेलुका ५ बजेसम्म हुँदैछ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । त्यसका लागि १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ ।