काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सचेततापूर्वक उम्मेदवार र पार्टी चयन नगरे सम्म देशको अवस्था राम्रो बन्न नसक्ने बताएका हुन् ।


ADVERTISEMENT


भक्तपुर–५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै बिजुक्छेले निर्वाचन मुलुक बनाउने एउटा अवसर भएकाले सचेततापूर्वक उम्मेदवार र पार्टी चयन नगरे सम्म देशको अवस्था राम्रो बन्न नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले देश र जनताको पक्षमा रहेको आफ्नो पार्टीले ५८ जिल्लाबाट उम्मेदवारी दिएको बताए । आफ्नो पार्टी राष्ट्रियता रक्षाका लागि आवाज उठाउदै आएकाले जनताले विश्वास गर्ने दावी गरे ।

त्यस्तै नेमकिपाका सचिव एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम सुवालले निर्वाचनमा जनता उत्साहित भएर लागेको पाइएको जनाए । उनले पनि यसपटक अधिकांश स्थानमा जनताले आफुहरुलाई विश्वास गर्ने बताए ।