काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले आफूले पार्टीको केन्द्रीय घोषणा पत्रलाई कार्यान्वयन गर्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान पछि सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले आफूले पार्टीको केन्द्रीय घोषणा पत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताए । उनले मतपरिणाम नेकपा (एमाले)को पक्षमा आउने विश्वास व्यक्त गरे ।

पोखरेल २०७४ सालको निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।