काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले पोखराको बिरौटामा आफ्नो १२२औं शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बिहीबार राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उद्घाटनपछि बोल्दै अर्थविद डा. गुरुङ्गले पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको एभरेष्ट बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने बताए । उनले नेपाल सरकारको राजश्व संकलन गर्नु र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको एभरेष्ट बैंकले ल्याउने प्याकेजले ग्राहकलाई बैंकिङ्ग कारोबारमा थप सहज हुने कुरा विश्वास व्यक्त गरे ।

विरौटा शाखाको उद्घाटनसँगै गण्डकी प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या १२ पुगको छ । उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंकले देशभर १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।