काठमाडौँ – आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक क्षेत्र नं. २ का काँग्रेस उम्मेदवार मोहनबहादुर बस्नेताले मतदातासामू ५ प्रतिवद्धता गरेका छन् ।


ADVERTISEMENT


सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका बस्नेतले सिन्धुपाल्चोकलाई फ्रि–वाईफाई क्षेत्र बनाई सञ्चारको विकास गर्ने प्रतिवद्धता गरेका छन् । साथै उनले नदी कटान रोक्नका लागि उचित तटबन्धनका व्यवस्था गराई त्यस क्षेत्रका जमिनहरुको जगेर्ना गर्न छुट्टै आयोजना ल्याउने दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उम्मेदवार बस्नेतले मेलम्ची नजिकबाट इन्द्रावती नदी फर्काएर चौतारको तल्लो भू–भागसम्म लाखौँ रोपनी जमिनलाई सिचाईंको व्यवस्था मिलाई सिन्धुपाल्चोक जिल्लालाई खाघान्न भण्डारको रुपमा क्रमशः विकास गर्ने जनाएका छन् ।

यस्तै सिन्धुपाल्चोक जिल्लामा विधुतीकरण गर्न बाँकी ठाँउहरुमा दुई वर्षभित्र विद्युतीकरणको काम सम्पन्न गरी काठेपोलहरुको विस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । बस्नेतले युवा स्वरोजगार तथा खेलकुदको क्षेत्रमा विभिन्न कार्यहरुमा सञ्चालन गर्ने र युवामैत्री गतिविधिहरुलाई आवस्यकता अनुसार सहयोग गर्ने समेत जनाएका छन् ।

आउँदो आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बस्नेत गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उत्रिएका छन् । उनीविरुद्ध नेकपा एमालका शेरबहादुर तामाङ मैदानमा छन् ।

यसअघि तामाङसँगै पराजित भएका बस्नेत यसपटक बदला लिने उनको दाउमा रहेका छन् ।