काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अतिक्रमित टुकुचा खोला उत्खनन् कार्यलाई अलपत्र पार्दा पैदल यात्रीले दुःख पाउन थालेका छन् ।


ADVERTISEMENT


काठमाडौँ जय नेपाल हल अगाडि टुकुचा उत्खनन् गर्दा निस्किएको सामग्री व्यवस्थापन नहुँदा फुटपाथ पैदल यात्रुको फुटपाथमा हिंड्ने अधिकार हनन् भएको हो ।


ADVERTISEMENT

# # #


उक्त ठाउँको फुटपाथमा जस्तापाता, तार, ढुंगा र माटो असरल्ल बन्दा पैदल यात्रुले सडकबाटै हिंड्नु परेको छ । सडकमै हिंड्दा दुर्घटना हुने सम्भावना बढेको हो ।

मेयर बालेन्द्र शाहको निर्देशनमा काठमाडौँ महानगरले गत भदौ ३० गते जय नेपाल हलको कम्पाण्डमा उत्खनन् गरेको थियो । करिब १५ फिट उत्खनन् गर्दा भूमिगत टुकुचा भेट्टिएको थियो ।

तरु, टुकुचामाथि संरचना बनाएकाहरुले महानगरको कदमविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले तत्कालका लागि टुकुचामाथि रहेका संरचना नहटाउन अन्तरिम आदेश दिएपछि काठमाडौँ महानगर पछि हटेको थियो ।