काठमाडौँ – त्रिभुवन आर्मी क्लब पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


शुक्रबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले ।


ADVERTISEMENT

# # #


यस्तै हरि चौहानले ७५ रन बनाए ।कप्तान विनोद भण्डारीले ३२ रन, बिक्रम सोबले ३० रन र राजेश पुलामीले अविजित ४३ रन बनाए । पुलिसका करण केसीले ६ विकेट लिए । राशिद खान र ललित राजवंशीले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले १ सय ४० रन बनाए । यस्तै आरिफ शेखले अविजित रहदै ९१ रनको अर्धशतकीय इनिङ खेले । आर्मीका बिक्रम सोबले ३ विकेट लिए । अब उपाधिका आर्मीले एपीएफ क्लबको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएर एपीएफ फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ५ लाख पाउने छन् ।