काठमाडौं-अनुदानको बीउ पर्याप्त नहुँदा मोरङका किसान महँगो मूल्यमा गहुँको बीउ किन्न बाध्य भएका छन् । सरकारले मोरङका लागि ५३ टन गहुँको बीउ अनुदानमा वितरण गर्ने भने पनि यो मागअनुसार निकै कम भएको कृषि प्राविधिकहरुले बताएका छन् ।


ADVERTISEMENT


मोरङमा १४ हजार ५ सय हेक्टरमा गहुँ खेती हुँदै आएको छ । यसका लागि करिब १ हजार ७ सय ५० टन बीउ आवश्यक पर्ने भए पनि अनुदानको बीउले धान्न सक्ने अवस्था नरहेको कृषि प्राविधिक सहायक उदयकुमार सिंहको भनाइ छ ।


ADVERTISEMENT

# # #


बजारमा गहुँको वीउको मूल्य प्रति केजी ६६ रुपैयाँ छ । बजारमा किन्दा यसभन्दा बढी मूल्य पर्छ । त्यसमा सरकारले आधा अनुदान दिएर उपलब्ध गराउने गरेको छ ।

तर अनुदानको बीऊले माग धान्न नसकेपछि किसानले महंगोमा किनेर प्रयोग गर्ने गरेका छन् । कृषि कार्यालयले एक किसानका लागि बढीमा ४ विघाका लागि प्रतिकठ्ठा ५ किलोका दरले ४ सय किलो बीऊ उपलब्ध गराउँदै आएको छ ।