काठमाडौं-एसिसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल शनिबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पहिलो सेमिफाइनल थाइल्यान्डको ट्रेडथाई मैदानमा हुने खेलमा नेपाल यसअघिको आफ्नो आत्मविश्वासलाई कायमै राख्ने ध्याउन्नमा रहनेछ ।


ADVERTISEMENT


नेपालले समूह ‘ए’ मा सबै खेलमा जित हासिल गरी विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले समूह चरणमा थाइल्यान्ड, हङकङ र म्यानमारलाई पराजित गरेको थियो । मलेसिया भने अर्को समूहमा सिंगापुरसँग पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


नेपालले २० ओभरमा ३ विकेट गुमाउदै ६० रन बनाएको छ । बिशाल बिक्रम के सी , राजन मगर र कुशल मल्ल आउट भएका छन् ।

 

https://youtu.be/SF0qum0slXU