सिन्धुपाल्चोक– साथीले बोकेको भरुवा बन्दुक पड्कदा सिन्धुपाल्चोकमा एक किशोरको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–५ बोल्दे बस्ने १५ बर्षीय दिनेश तामाङ रहेका छन् ।


ADVERTISEMENT

# # #


विहीबार उनी समेतका सोही ठाउँ बस्ने २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न गएका थिए । सोही क्रममा किल्मो खोला भन्ने स्थानमा पासाङ तामाङले बोकेको भरुवा बन्दुक पड्कदा दिनेशको पेटमा लागेको थियो ।

घाइते दिनेशको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएका हो ।

प्रहरीले सुनिललाई पक्राउ गरेको छ भने फरार रहेका पासाङको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ