काठमाडौँ– गायक हेमन्त रानाले आवाज दिएको चर्चित गीत ‘सुन साइली सुन साइली’लाई युटुबमा करोडौ पटक हेरिएको छ । यो गीत हिट भएपछि ‘साइली’ नाम राखेर चलचित्र बनाउने चर्चा पनि चलेको थियो ।


ADVERTISEMENT


तर, गायक हेमन्त राना र नायक गौरव पहारि मिलेर चलचित्र निर्माण गर्ने भएका छन् । ‘साइली’ नाम राखेर तयार हुन लागेको चलचित्रको छायांकन माघ महिनाको अन्तिमबाट सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


चलचित्रको लेखन तथा निर्देशन रामबाबु गुरुङले गर्दैछन् । चलचित्रमा गौरव पहारि र मेनुका प्रधानले मुख्य भूमिका निर्वाहा गर्नेछन् । जसले ‘सुन साइली’ बोलको गीतको भिडियोमा मोडलिङ गरेका थिए ।

चलचित्रको छायांकन धनकुटामा गरिनेछ । सम्पूर्ण छायांकन गाउँमा नै सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । चलचित्रमा हेमन्त राना, विशाल गुरुङ, अर्जुन पोखरेल, मोहन थापाले लगानी गर्दैछन् । भिडियोको थिम अनुसार नै चलचित्र बन्ने निर्माणपक्षले जानकारी दिएको छ ।