काठमाडौँ– अभिनेता दायाहाङ राई अभिनित फिल्म ‘झोले २’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । उक्त फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


यस अघिको फिल्म ‘झोले’को सफलतापछि निर्माता टेकेन खड्काले त्यसैको सिक्वेल ‘झोले २’ ल्याएका हुन् । यस अघि नायिका प्रयंका कार्कीसंग रोमान्स गरेका अभिनेता दयाहाङ राईले ‘झोले २ मा नायिका वर्षा राउत र दिया पुनसंग रोमान्स गरेका छन् ।


ADVERTISEMENT

# # #


चलचित्रमा दयाहाङ राईसंगै वर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रविन खतिवडा, माओत्से गुरुङ लगायतको अभिनय रहेको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने रवी प्रधानले छायाङ्कन गरेका हुन् ।