काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षसँगै समानुपातिक तर्फको मतगणना पनि जारी राखेको छ ।
समानुपातिक तर्फको मतगणनाका क्रममा एमालेले नै अग्रता कायम गरेको छ ।


ADVERTISEMENT


सोमवार ४ः ४० सम्मको मतगणनाको परिणामअनुसार एमालेले ५ लाख २६ हजार ९६ मत ल्याएर अग्रता कायम गरेको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसले भने एमालेको भन्दा ५० हजार कम अर्थात ४ लाख ७६ हजार ५१२ मत ल्याउदै दोस्रोमा छ । त्यस्तै माओवादी केन्द्रले २ लाख २५ हजार ६०६ मत ल्याएर तेस्रो स्थान बनाएको छ ।

त्यस्तै विवेकशील साझा पार्टी २६ हजार ४७३, राजपा नेपाल २६ हजार ३९८,राप्रपा २५ हजार ७५७, संघीय समाजवादी फोरम २० हजार २९५, नयाँशक्ति १९ हजार ३३९, राप्रपा प्रजातान्त्रिकले १० हजार ६२९ मत ल्याएका छन् भने राजमोले ८ हजार १० मत ल्याएका छन् ।