काठमाण्डौं-सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन् । साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन् । साहले वामगठबन्धनका ध्रुबप्रसाद गौतमलाई ५ सय ७१ मतले पछि पार्दै विजयी बनेका हुन् । गौतमले २१ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २० हजार ७५ मत ल्याएका छन् ।


ADVERTISEMENT


साहले क्षेत्र नं. २ बाट चुनाव लड्न खोज्दा पार्टीले राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई टिकट दिएपछि उनी क्षेत्र नं. १ मा गएका हुन् । साहलाई क्षेत्र नं. १ मा पर्यटक उम्मेदवारको रुपमा प्रचार गरिएको थियो ।


ADVERTISEMENT

# # #