काठमाण्डौं-नायिका अनुष्का शर्मा र क्रिकेट खेलाडी विराट कोहलीबीच विवाह हुने खबर पछिल्लो सातादेखि निकै चर्चामा छ । समाचारअनुसार अनुष्का विवाहकै लागि भनेर सपरिवार इटाली रवाना भएकी छिन् ।


ADVERTISEMENT


अनुष्काका पिताले आफन्तजन तथा छिमेकीहरूलाई इटालीमा हुने वैवाहिक कार्यक्रममा आउन निमन्त्रणासमेत दिइसकेका छन् । पछिल्लो महिना क्रिकेटर विराट कोहली श्रीलंकामा आयोजित खेलमा समेत गएनन् । विवाहकै लागि उनी हाल व्यक्तिगत बिदामा छन् ।


ADVERTISEMENT

# # #


त्यत्तिमात्रै होइन, विराटका नजिकका कोच राजकुमार शर्माले पनि बिदाको लागि निवेदन दिएका छन् । नायिका अनुष्काले इटाली जाँदा पारिवारिक पण्डित पनि साथै लगेकाले विराटसँग लगनगाँठो कस्न थालेको खबर चर्चामा छ ।