काठमाण्डौं-माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यो जितसँगै उनले लगातार तीनवटा चुनावमा जित्दै ह्याट्रिक गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा चुनावमा उनी २३ हजार ७७६ मत ल्याउँदै विजयी भएका छन् । उनले संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गरे । पोखरेलका निकटतम प्रतिस्पर्धी महतोको पक्षमा १९ हजार ४९२ मत परेको छ । हालका विनाविभागीय मन्त्री समेत रहेका पोखरेल यसअघि पहिलो संविधानसभा ०६४ र दोस्रो संविधानसभा ०७० मा पनि निर्वाचित भएका थिए ।


ADVERTISEMENT

# # #