काठमाडौँ– सांसदहरुले नागरिकता विधेयकमा प्रमाणिकरणमा ढिलाई भएको भन्दै आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरुले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणिकरणमा ढिलाइ गर्न नहुने समेत बताएका छन् ।


ADVERTISEMENT


बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको बिधेयक प्रमाणीकरण गर्न ढिलाई गर्न नहुने बताइन् । उनले धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या समेत गर्न बाध्य हुने अवस्था आएपनि शिर्ष नेताहरु गम्भीर हुन नसकेको धारणा राखिन् ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकमा सांसद सरिता कुमारी गिरीले अविलम्व नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गरिन् । उनले नागरिकता नपाउदा हजारौ युवाहरु अलपत्र परेको अस्थामा नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाई गर्न नहुने बताइन् ।

नागरिकता विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको करिव दुई साता हुँदा पनि प्रमाणीकरण भएको छैन ।