काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा भट्टराईले काठमाडौंमा फोहोर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरु बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले काठमाडौंमा फोहर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौंका मेयर बालेन्द्र साहलाई सुझाव दिए । वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर साह असफल हुने उनको भनाइ छ ।

भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौंका मेयरलाई सहयोग गर्न तयार रहेको बताएो ।