काठमाण्डौं-नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन् । ५० हजार ४६ मत गणना गर्दा भट्टराईको २५ हजार आठ सय ७३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २१ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


गोरखा २ को अझै १० हजार ६३ मत गणना हुन बाँकी छ । चार हजार पाँच सय ९६ मतले भट्टराई अगाडि देखिएका छन् । उनको निरन्तर अग्रता कायमै छ। गोरखा १ मा बाम गठबन्धनका उम्मेदवार र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि छन् ।


ADVERTISEMENT

# # #


आज साँझसम्म परिणाम आउने जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।