काठमाण्डौं-तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वाम गठबन्धनका किसान श्रेष्ठ भन्दा तीन हजार बढी मतले पछाडि परेका छन् ।


ADVERTISEMENT


६७ हजार ७ सय ९९ मध्ये ३१ हजार ७७ मत गणना हुँदा पौडेल ३ हजार १ सय ६० मतले पछि परेका हुन् । पौडेलले १२ हजार ६ सय ६४ मत पाउँदा उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले १५ हजार ८ सय २४ मत पाएका छन् । काङ्ग्रेसको प्रभाव क्षेत्रको समेत मतगणना भएकाले आम मतदातामा यसले अनौठो नतिजा दिएको छ ।


ADVERTISEMENT

# # #


मतगणनाको सुरुदेखि नै एमालेका तर्फबाट वाम गठबन्धन उम्मेदवार श्रेष्ठले अग्रता लिइरहेका छन् । काङ्ग्रेसको प्रभावक्षेत्र व्यास नपासँगै वाम र कांग्रेसको बराबरी रहेको देवघाट, बन्दीपुर र भानुको मत पालैपालो गणना भइराखेको छ ।

क्षेत्र १ अन्तर्गतको प्रदेश सभामा पनि वाम उम्मेदवारको अग्रता छ । प्रदेस १ (क) मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई एमालेका रामबहादुर गुरुङभन्दा केही मतले पछाडि छन् ।

उता क्षेत्र २ मा काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी एमालेका प्रतिनिधिसभा उम्मेदवार केदार सिग्देलसँग पछाडि छन् ।
प्रदेस २ (ख) मा भने कांग्रेस उम्मेदवार ध्रुव वाग्लेले एमाले प्रदेस इन्चार्ज किरण गुरुङमाथि केही सय मतले अग्रता लिएरहेका छन् । प्रदेस २ (क) मा भने माओवादी नेतृ आशा कोइराला र कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा छ । ।