काठमाडौँ– बझाङको प्रदेशसभा उपचुनावको मतगणनामा नेकपा एमालेको सुरुवाती अग्रता देखिएको छ ।


ADVERTISEMENT


कुल ४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । यस्तै, एमालेलाई पछ्याउँदै नेपाली कांग्रेस दोस्रोमा रहेको छ । कांग्रेसका अभिषेक सिंहले १३२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् ।