काठमाडौँ – निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त लोकप्रिय मतमा नेपाली काँग्रेस पहिलो भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए । जसमध्ये ७०.९६ प्रतिशतले मतदान गरेका थिए । यस्तै देशभर २.४ प्रतिशत मत बदर भएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएको र ६५ दलले स्थानीय निर्वाचनमा भाग लिएको प्रवक्ता पौडेलले जनाए । जस अनुसार वडाध्यक्षतर्फको प्राप्त मतलाई आधार मान्दा काँग्रेस पहिलो पार्टी बनेको देखिएको छ ।

स्थानीय निर्वाचनमा काँग्रेसले २ हजार ६८८ वडाध्यक्षमा निर्वाचन जितेको छ । जसमा काँग्रेसले ३९ लाख ५६ हजार १९३ (३४.२८ प्रतिशत) मत ल्याएको छ । यस्तै नेकपा एमाले दोस्रो दल बनेको छ । उसले २ हजार १३७ वडाध्यक्ष जितेको छ । जसमा उसले ३८ लाख ११ हजार ६०२ (३३.०३ प्रतिशत) मत प्राप्त गरेको छ ।

यस्तै तेस्रो बनेको नेकपा माओवादी केन्द्रले १ हजार ५३ स्थानमा वडाध्यक्ष जित्दा १५ लाख ३ हजार २४७ (१३.३ प्रतिशत) मत प्राप्त गरेको छ भने, जनता समाजवादी पार्टी नेपालले २९५ वडाध्यक्ष जित्दा ५ लाख ७७ हजार ३८० (५ प्रतिशत), नेकपा एकीकृत समावादी पार्टीले १९० स्थानमा वडाध्यक्ष जित्दा ४ लाख २२ हजार ७३७ (३.६६ प्रतिशत० मत प्राप्त गरेको छ ।

प्रमुख–उपप्रमुखतर्फ यस्तो छ ५ दलको अवस्था

काँग्रेसले प्रमुख १४१ पदमा २२ लाख ७९ हजार ३६३ (३३.५६ प्रतिशत), उपप्रमुख तर्फ ११० पदमा १५ लाख १५ हजार ३९८ (२४.२० प्रतिशत) मत ल्याएको छ । यस्तै अध्यक्षतर्फ १८८ पदमा १४ लाख ६७ हजार ३८८ (३३.०२ प्रतिशत), उपाध्यक्षतर्फ १९० जना उम्मेदवारले १२ लाख ७१ हजार ५० (३०.७ प्रशित) मत पाएको छ ।

यस्तै नेकपा एमालेले प्रमुख ८३ पद जित हात पार्दा २३ लाख ४८ हजार ७०८ (३४.५८ प्रतिशत), उपप्रमुख तर्फ ११५ पदमा २२ लाख ७० हजार हजार ३२४ (३६.२५ प्रतिशत) मत ल्याएको छ । यस्तै अध्यक्षतर्फ १२३ पद जित हात पार्दा १४ लाख ७२ हजार ९५९ (३३.१४ प्रतिशत), उपाध्यक्षतर्फ १२६ जना उम्मेदवारले १४ लाख ११ हजार १७४ (३३.९३ प्रशित) मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले प्रमुखतर्फ २५ उम्मेदवारले जित हात पार्दा ६ लाख २७ हजार ६९३ (९.२४ प्रतिशत), उपप्रमुख तर्फ ३३ पदमा ९ लाख ४९ हजार ८५८ (१५.१७ प्रतिशत) मत ल्याएको छ । यस्तै अध्यक्षतर्फ ९६ पद जित हात पार्दा ७ लाख १० हजार २१२ (१५.९८ प्रतिशत), उपाध्यक्षतर्फ ९५ जना उम्मेदवारले ७ लाख ४६ हजार ५४० (१७.६६ प्रशित) मत प्राप्त गरेको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रमुखतर्फ ९ उम्मेदवारले जित हात पार्दा ३ लाख ३ हजार २६१ (४.४६ प्रतिशत), उपप्रमुख तर्फ १२ पदमा ३ लाख २१ हजार ८९३ (५.२७ प्रतिशत) मत ल्याएको छ । यस्तै अध्यक्षतर्फ २१ पद जित हात पार्दा २ लाख ५४ हजार ७०१ (५.७२ प्रतिशत), उपाध्यक्षतर्फ १९ जना उम्मेदवारले २ लाख ५३ हजार ७७४ (६ प्रशित) मत प्राप्त गरेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले प्रमुखतर्फ १२ उम्मेदवारले जित हात पार्दा ३ लाख १८ हजार २६० (४.६९ प्रतिशत), उपप्रमुख तर्फ ११ पदमा ३ लाख ८८ हजार २०५ (६.२ प्रतिशत) मत ल्याएको छ । यस्तै अध्यक्षतर्फ ८ पद जित हात पार्दा १ लाख ४० हजार २०० (३.१५ प्रतिशत), उपाध्यक्षतर्फ १२ जना उम्मेदवारले १ लाख ५९ हजार ५११ (३.७७ प्रशित) मत प्राप्त गरेको छ ।