काठमाडौँ – सरकारले स्वीट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरिय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले सबैको दीगो खानेपानी तथा सरसफाई आयोजनाका लागि युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको उनले बताए । बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाली मुलका पोलिस नागरिक डा बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकि नेपालको अवैतानिक बाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै मन्त्रीपरिषद्ले शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा प्रकाशराज रेग्मी र डा. नविन चन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।