रुकुम–पश्चिम रुकुममा नेकपा माओवादी केन्द्रले सुरुदेखि नै अग्रता कायम राखेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा, प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार रातो कामी र निर्वाचन क्षेत्र नं। २ का उम्मेदवार गोपल शर्माले अग्रता कायमै राखेका हुन्।


ADVERTISEMENT


शर्माले नेपाली कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहलाई १० हजार चार सय ८६ मतले पछि पारेका छन्। शर्माले १७ हजार सात सय ३७ मत प्राप्त गर्दा शाहले ७ हजार दुई सय ५१ मत पाएका छन् । झन्डै तेब्बर मत अन्तरले पछाडि परेका शाहले शर्मालाई भेटाउनु निकै मुस्किल पर्ने देखिन्छ। यस्तै कामीले रोकायलाई पाँच हजार तीन सय २९ मतले पछि पार्दै आफ्नो अग्रता कायमै राखेका छन्। कामीले नौं हजार चार मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रोकायले चार हजार दुई सय ७५ मत प्राप्त गरि पछ्याई रहेका छन्।


ADVERTISEMENT

# # #


त्यस्तै प्रदेश निर्वाचन क्षेत्र नं। २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपाल प्रतिद्वन्द्वीभन्दा चार हजार सात सय ६७ मतले अगाडि छन्। उनले नौं हजार एक सय ३३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका खड्क डाँगीले चार हजार तीन सय ६६ प्राप्त गरेका छन्।

यहाँ २०६४ र २०७० को संविधान सभामा नेकपा माओवादीले एक्लौटी विजयी भएको थियो। केही अघि सम्पन्न स्थानीय तहको चुनावमा पनि नेकपा माओवादीले क्लिन स्वीप गरेको थियो। मतान्तर हेर्दा यस चुनावमा पनि प्रतिनिधि र प्रदेश सभा सदस्यका दुवै सिट नेकपा माओवादीले जित्ने आँकलन गर्न थालिएको छ।

निर्वाचन क्षेत्र नं. १ मा रातो कामी र कृष्ण रोकाय बीच कडा प्रतिस्पर्धा भनिएता पनि मतान्तरको दुरी लम्बिँदै गएको छ।