काठमाडौँ – जिम्बाब्बे र नेदरल्याण्ड आगामी अक्टोबरदेखि अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट भएका छन् । जिम्बाब्बेमा जारी ग्लोबल छनोट ‘बी’अन्तर्गत शुक्रबार सेमिफाइनलमा जिम्बाब्बेले पपुवा न्यूगिनी र नेदरल्याण्डले अमेरिकालाई हराउँदै अष्ट्रेलियाको यात्रा निश्चित गरेका हुन् ।


ADVERTISEMENT


त्यसक्रममा टस जितेर ब्याटिङ थालेको घरेलू टोली जिम्बाब्बेले पपुवा न्यूगिनीलाई २०० रनको चुनौती दियो । जवाफी ब्याटिङमा उत्रिएको पीएनजी २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो । जिम्बाब्बेले २५ रनको जित हात पार्यो ।


ADVERTISEMENT

# # #


यता दोस्रो खेलमा टस जितेर ब्याटिङ थालेको अमेरिकाले २० ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो । १३९ रनको मध्यम लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको नेदरल्याण्ड १९ ओभरमा ३ विकेट गुमाएर ७ विकेटको जित हात पार्यो ।

कूल १६ टोली सहभागी हुने टी–२० विश्वकपमा यसअघि भएको ग्लोबल छनोट ‘ए’बाट आयरल्याण्ड र युएई छनोट भएका थिए । लगातार जित सेमिफाइनलसम्म पुगेको नेपाल युईसँग पराजित भएसँगै दोस्रोपटक विश्वकपमा छनोट हुन असफल भएको थियो ।