काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ३ सयलेले घटेर  ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला  ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार रुपैयाँ छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला  ९७ हजार ३०० रुपैयाँ  थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।