काठमाडौँ – आफ्नो ब्याचकाे नम्बर एक प्रहरी अधिकारीको छवि बनाएका सन्दीप भण्डारी एसएसपीबाट डीआईजी बढुवामा पनि पहिलो नै बन्ने धेरैको सहज अनुमान थियो । नहोस् पनि कसरी, इन्सपेक्टरका रुपमा सेवा प्रवेशदेखि एसएसपीसम्म उनी पहिलो नम्बरमा नै बढुवा हुँदै आइरहेका थिए ।


ADVERTISEMENT


तर, असार ०८ गते गृहमन्त्रालेले १७ एसएसपीलाई डीआईजीमा बढ्वा गर्दा पहिलो नम्बरका एसएसपी भण्डारी साँतौँ नम्बरमा परे । भावी प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी)का रुपमा हेरिएका भण्डारी आश्चर्यजनक रुपमा पछि पर्दा प्रहरी संगठनभित्रकै वरिष्ठ अधिकारीहरु आश्चर्यमा परेका छन् ।


ADVERTISEMENT

# # #


सरकारले अहिले गरेको डीआईजी बढुवामा इन्स्पेक्टरदेखि एसएसपीसम्म पहिलो नम्बरमा रहेका भण्डारीलाई सातौँ नम्बरमा पार्नुले भण्डारीमाथि अन्याय भएको उनीहरुको दाबी छ ।

भण्डारीलाई बढुवामा पछाडि पारे पनि कुशलता, सक्षमता, इमान्दारिता र नेतृत्व क्षमताका कारण अझैँ पनि प्रहरी संगठन हाँक्ने बलियो प्रतिस्पर्धीका रुपमा हेरिने गरिएको छ । १२औँ नम्बरमा रहेकालाई १ नम्बरमा डीआईजी बनाउँदैमा भोलिको दिनमा ७ नम्बरबाट आईजीपी किन बन्न नसक्ने तर्क समेत हुने गरेको छ ।

यस्तो छ विगत सन्दीप भण्डारीको विगत

सन्दीप भण्डारी आफ्नो ब्याचका नम्बर एक प्रहरी अधिकारी हुन् भन्ने कुरा उनको विगतले देखाउँछ । वि.सं. २०५१ चैत्र ५ गते इन्सपेक्टरका रुपमा प्रहरी सेवामा प्रवेश गर्दा उनको नाम एक नम्बरमा नै निस्किएको थियो । यस्तै २०६३ भदौ ८ गते डीएसपीमा बढुवा हुँदा पनि उनी नम्बर एकमै रहेका थिए ।

त्यसपछि २०७१ फागुन १० गते एसपी र २०७५ फागुन ६ गते एसएसपी हुँदा पनि सरकारले उनलाई नम्बर एक प्रहरी अधिकारीका रुपमा नै बढुवा गरेको थियो । नेपाल प्रहरीमा अब्बल, इमान्दार, क्षमतावान नेतृत्व क्षमतामा कुशलता बोकेका प्रहरी अधिकारीका रुपमा चिनिएका भण्डारी जहाँ जहाँ बसेर काम गरेका छन्, सबै क्षेत्रमा प्रशंसनीय रुपमा, सफलतापूर्वक आफ्नो जिम्मेवारी निभाउँदै आएका छन् ।

हरेक ठाउँमा नवीन कामको सुरुवात गरेर सबैको जित्दै आएका भण्डारीले एसपी हुँदा मोरङ जिल्ला प्रहरी प्रमुख हुँदा गरेको कामले निकै प्रशंसा पाए । जहाँ उनले नयाँ नयाँ काम उदाहरणीय रुपमा सम्पन्न गरे ।

एसएसपी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको रुपमा सफलतापूर्वक कमाण्डसमेत सम्हालेको भण्डारीले बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा उल्लेख्य कामहरु गरे । जसको संगठन प्रमुख र उच्च प्रहरी अधिकारीहरुले निरीक्षण गरेर प्रशंसा समेत गरेका थिए ।

भण्डारी कार्यरत प्रहरी विद्यालयमा समेत प्रिन्सिपलका रुपमा गुणस्तरीय शिक्षा र रचनात्मक रुपमा खेलिरहेको भूमिका तारिफ योग्य रहेको प्रहरी अधिकारी बताउँछन् । आजसम्म कुनै विवादमा नआएका भण्डारी इमान्दारिताको प्रयायका रुपमा चिनिन्छन् ।

आफ्नो ब्याचका साथीहरुलाई समेत मिलाएर नेतृत्व दिन सक्ने खुबी भएका भण्डारी विभिन्न अन्तर्राष्ट्रिय तालिम तथा मिसनहरुमा समेत अब्बल प्रस्तुती दिएका छन् । उनले अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वकै उत्कृष्ट प्रहरीको सम्मान पाउने प्रहरी अधिकारी हुन् ।

ट्रयाक रेकर्ड राम्रो भएका सक्षम भण्डारीको ओझलाई अहिले सरकारले अन्याय गरे पनि समय आएपछि आईजीपी बन्ने दौडमा उनको पनि बलियो दाबेदारी रहने समेत बताइएको छ । संगठन, देश, जनता र सेवाका लागि आफू लागिरहेको एसएसपी भण्डारी लामो दौडका घोडा हुन् भन्ने पुष्टि हुन अब ३०औँ आईजीपीको नयाँ अनुहारसम्म कुर्नुपर्ने छ ।