काठमाडौं – कर्णाली प्रदेशबाहेकका प्रदेशमा आज पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


ADVERTISEMENT


वाग्मती, गण्डकी, प्रदेश १, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । काठमाण्डौमा भने झरी रोकिएको छ । तर, दिउँसो फेरि पानी पर्ने मौसमविद् मानन्धरले बताए । देशभर मनसुन सक्रिय रहेकाले दिउँसो देशका सबैजसो ठाउँमा पानी पर्ने उनको भनाइ छ ।

बेलुकीपख भने ठूलो पानी नपर्ने उनले बताए। मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर अर्थात नेपालको दक्षिणी क्षेत्र नजिक रहेकाले लगातारजसो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।