भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चित्तापोलमा पर्खाल भत्कँदा एक जनाको मृत्यु भएको छ । स्थानीय कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाको कारण भत्कँदा त्यसले थिचेर ६६ वर्षीय नारायण देवी थापाको मृत्यु भएको हो ।


ADVERTISEMENT


उनी पर्खाल मुनी हिँडिरहेको बेला थिचिएको जिल्ला प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । थापाको घटनास्थलमा नै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #