हेटौंडा – वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने सरकारको तयाारी छ।


ADVERTISEMENT


प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको (विनियोजन विधेयक)माथिको छलफल बुधवार सकिएसँगै आज बजेट पास गर्ने तयारी गरिएको हो। सोमवारबाट सरकारले ल्याएको विषयगत मन्त्रालयहरुको बजेटमाथिको छलफल सुरु भएको थियो।


ADVERTISEMENT

# # #


तीन दिनसम्म चलेको बजेटमाथिको छलफलमा सत्तापक्ष-प्रतिपक्षबीच जुहारी चलेको थियो। प्रतिपक्षले सरकारले ल्याएको बजेटको विरोध गर्दा सत्तापक्ष बचाउमा उत्रिएको थियो। सोमवार र मंगलवार प्रदेशको १४ वटा मन्त्रालय र प्रदेश सरकार मातहतको प्रादेशिक कार्यालयमाथि भएको छलफलमा उठेको प्रश्नको बुधवार सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका थिए।

प्रदेशसभा बैठक आज बिहीवार बिहान ११ बजे बस्दैछ। सभामुख सानुकुमार श्रेष्ठले बिहीवार बोलाएको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको आर्थिक विधेयकमाथि छलफल भई निणर्यार्थ पेस हुने जनाइएको छ। प्रदेश सरकारको एक मन्त्रीको अनुसार बिहीवार सरकारले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको हो।