काठमाडौँ – नेता वामदेव गौतमले देश विकासका लागि नेपालका कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसको पुच्छर समाउन छाड्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार नयाँ पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणासभामा बोल्दै नेता गौतमले कम्युनिस्टहरु काँग्रेसको पछि लाग्ने भन्दा सहकार्य गरेर जाँदा देशलाई फाइदा हुने बताएका हुन् । दुईवटा शक्ति मिलेर संयुक्त आन्दोलन गर्दा सबै सफल भएको बताउँदै उनले अब नेपाली काँग्रेसलाई कम्युनिस्टहरुले मित्र शक्तिको रुपमा लिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘नेपाली काँग्रेसको पुच्छर समाउने, नेपाली काँग्रेसको ढाड समाउने, नेपाली काँग्रेसको हात समाउने, त्यस्तो कम्युनिस्टहरुले गरे भने देशको परिवर्तन हुँदैन । नेपाली काँग्रेसले त्यो सबै काम गर्न सक्दैन ।’ कम्युनिस्ट नमिल्दा आगामी निर्वाचन पछि आगामी ५ वर्ष काँग्रेसको नेतालाई नै प्रधानमन्त्री मान्न बाध्य हुनुपर्ने बताए ।

नेपाली जनताले नेपाली काँग्रेसभन्दा ठूलो अर्के शक्ति छैन भन्ने अवस्था आएमा काँग्रेस एक्लैले बहुमत ल्याउने र संविधानले कल्पना गरेको समाजवदा आउन नसक्ने दाबी गरे ।

आफू नेतृत्वमा घोषणा भएको नयाँ दलले नेपालका कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउने दाबी गर्दै उनले भने, ‘मैँले कहिलेकाहीँ भन्ने गर्छु, म नै लागिसकेपछि त्यो काम किन हुँदैन ? लौ यो काम गरौँ भनेको बेलामा मैँले गरेर देखाइदिएको छु ।’

मेहनत गर्ने हो भने आसन्न प्रदेशसभा, प्रतिनिसभाको निर्वाचनमा कम्युनिस्ट पार्टी पहिलो हुने अवस्था रहेको र सातै प्रदेशमा सरकार बनाउन सम्भव रहेको बताए ।