काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।


ADVERTISEMENT


नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए ।


ADVERTISEMENT

# # #


अष्ट्रेलियाले नेपालको बन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए । उनले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे ।

अध्यक्ष मल्लले अष्टे«ेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि आग्रह समेत गरे । उनले भने, ‘समृद्ध मुलुक अष्टे«लियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’

वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न उनले राजदूत वल्क समक्ष आग्रह गरे । नेपालका विद्यार्थीहरु अष्टे«ेलियमा अध्ययनका लागि गईरहेको सन्र्दभमा अध्यक्ष मल्लले त्यहाँका विख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे ।

जवाफमा राजदूत वल्कले नेपाल अष्टे«लियाको कुटनीतिक सम्वन्ध ६० वर्ष भन्दा पुरानो र ऐतिहासिक भएको बताइन् । नेपालसंगको ऐतिहासिक सम्वन्धलाई अष्ट्रेलियाले संधै गर्व गर्ने उनको भनाई छ । नेपालबाट वार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अष्टे«लिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।

राजदूत वल्कले भनिन्, ‘अष्टे«लिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौं ।’ नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अष्टे«लियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाई थियो ।