काठमाडौँ – नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले पदमा बसुञ्जेल देश र जनताको हित हुनेगरि ईमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्रीले चौधरीले देशको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नपनि आग्रह गरे । मुलुकमा ठूला–ठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै उनले देश विकासको लागि अब सबैले ईमानदारितापूर्वक योगदान दिनुपर्ने बताए । उनले नेपालमा गलत काम गर्दापनि सपोर्ट गर्ने अनि राम्रो काम गरेको छ भने विरोध गर्ने परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफ्नो पार्टीले तत्काल मन्त्रीहरु फिर्ता बोलाउनेबारे कुनै छलफल र सोच नबनाएको स्पष्ट पारे । मन्त्रीहरुलाई राम्रोसँग काम गर्नको लागि समय दिनुपर्ने भन्दै छिटोछिटो मन्त्रीहरु हेरफेर गरेको विषयमा जनता पनि त्यति खुसी नभएको उनको भनाई छ ।

नेता शर्माले पालो पुर्याएर तीनरतीन महिना र छ महिना सरकारमा सहभागी हुने पद्धतीलाई प्रोत्साहन गर्न नहुने धारणा राखे । त्यस्तै उहाले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनबीच सिटको बाँडफाँडमा पनि समस्या नहुने जिकिर गरे ।