काठमाडौं – रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, “निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्न नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं । सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।”


ADVERTISEMENT

# # #


साक्षात्कारमा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे । अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सयभन्दा बढीलाई पक्राउ गरिएको र मुद्दा चलाइएको उनले बताए । उनले भने, “नेपाली सेना हाइ अलर्टमा छ, हामीले निर्वाचन सुरक्षा बलियो बनाएका छौं । कहीँकतै घटना भए त्यसलाई हल गर्न सरकारले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएको छ ।”

भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने मन्त्री प्रधानले जानकारी दिए ।