काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने बिषयमा छलफल भइरहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले गठबन्धन दलबीच मंसिरको पहिलो हप्ता निर्वाचन गर्नका लागि छलफल भइरहेको जानकारी दिए । उनले कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता संघ र प्रदेशको निर्वाचन हुने बताए ।


ADVERTISEMENT

# # #


उनले माओवादीको आन्दोलनकै कारण मुलुकमा गणतन्त्र, संघीयता लगाएको उपलव्धी हासिल भएको भन्दै परिवर्तनको मुख्य बाहक माओवादी केन्द्र नै रहेको जिकिर गरे । उनले परिवर्तनको मुख्य बाहक शक्तिलाई बलियो बनाउनका लागि छरिएर रहेको माओवादी एक हुनुपर्ने उल्लेख गरे । उनले एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुन लागेको जानकारी दिए ।

उनले माओवादी परिवर्तनकारी शक्ति रहेकाले स्थानीय तहको निर्वाचनमा जसले जति सिट ल्याएपनि जीत माओवादी केन्दकै भएको जिकिर गरे ।